नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्धिराज सुवेदीलाइ अर्को विद्यालय मोहना मावि मा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्धिराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ ।
अव रत्ननगर नगरपालिकाले उच्च अदालतको आदेश मानेर सुवेदीको सरुवाको निर्णय खारेद गर्दै सुवेदीलाई नेपाल मावीमा प्रधानाध्यापकका रुपमा कार्य गर्न दिनु पर्नेछ । नगरपालिकालाई उच्च अदालतको निर्णय उपयुक्त नलागेमा सर्वोच्चमा निवेदन दिने विकल्प भने हुनेछ ।