
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ ।
महोत्सवको आज शुक्रबार दोस्रो दिन साँस्कृतिक कार्यक्रम अन्तर्गत आज चर्चित लोक दोहोरी गायक विष्णु खत्रीको प्रस्तुती रहने कला तथा साँस्कृतिक प्रवद्र्धन समिति संजोजक प्रकाशमणी सापकोटाले वताए ।



महोत्सवमा गायक खत्री सहति आज स्थानिय कालारहरु संजना श्रेष्ठ, सिता कंडेल, जादुगर बलराम सरकार, जगतकृष्ण प्रजापति स्मृति विधालय स्तरिय नृत्य प्रत्योगिता, रत्ननगर कला मन्दिरको प्रस्तुती साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहनेसंयोजक सापकोटाले वताए ।
महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच विहिबार उद्घाटन गरेका थिए ।