चितवन। आज फागु पूर्णिमा (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ ।

तराई–मधेशमा भने सोमवार होली परेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।

एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ ।यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय