काठमाडौँ। संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय