चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले देशको उद्यम क्षेत्रमा बिकास गर्न आबश्यक रहेको बताउनुभएको छ ।
श्री नेपाली युवा मंच चितवनको ७ औं साधारणसभा एवं अधिबेशनमा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

त्यस्तै उहाँले बढ्दो रूपमा युवाहरुको जमात दिनानुदिन पलायन भएको उदाहरण प्रस्तुत गर्दै सरकारले युवाहरुलाई उद्यमशिलतामा जोड्नुपर्ने बताउनुभयो । राप्रपाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले देश आर्थिक संकटका कारण कंगाल बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सरकार फेरबदल र सत्ता र कुर्सीको लोभले देश झन जन्जिर मोडमा पुगेको टिप्पणी समेत गर्नुभयो । देशको कृषि क्षेत्रमा राज्यले लगानी बढाएर विभिन्न उद्यम क्षेत्रमा देखिएका बिकृतीहरुलाई चिर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले बढ्दो महँगीका कारण कारोबार बन्द हुँदा आम व्यवसायीहरु सटर बन्द गर्न बाध्य हुनुपरेकोप्रति राज्य अझैपनि उदासीन बनेको तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय