रत्ननगर ।  चितवनको रत्ननगर नगरपालिका वडा नं। ६मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ ।

बछौली स्वास्थय चौकिमा नियमित स्वास्थय परिक्षण गराउदै आएका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको वडाध्यक्ष किरण चौधरीले वताए ।

स्वास्थ चौकीमा नियमित स्वास्थय परिक्षण गराएका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउदै १८ जना सुत्केरीलाइ अण्डा,चना,आमा र बच्चालाई कपडा लगायतका सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय