
चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो ।
जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटरभन्दा माथि पुगे खतराको तह मानिन्छ । नारायणगढस्थित नारायणी पुलमा चेतावनी तह नजिक पुगेको छ ।


