साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले अभिभावकहरु संग अन्तरक्रिया कार्यक्रम  गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष किरण महताेले अभिभावकले विद्यालयमा आएर आफ्ना छोराछोरीको वास्तविक शैक्षिक अवस्था बेलाबेलामा बुझ्नु पर्ने, अनुगमन गर्ने, कमिकमजोरी औंल्याउने जस्ता काममा सकृय हुनु पर्नेमा जोड दिए । पर्याप्त आधार हुँदाहुँदै विभिन्न बाहनाबाजि गर्दै शैक्षिक उपलब्धिको बिषयमा ध्यान नदिने विद्यालय प्रशासक र शिक्षकहरु प्रति अब कठोर बन्ने उनको भनाई छ ।

समितिका अध्यक्ष राममणि खनालले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो। गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्ष सवै जिम्मेवारी वन्न पर्ने बताए। 

कार्यक्रममा विधालयका निमित प्रधानाध्यापक अात्माराम शर्माले विषयगत शिक्षकको व्यवस्था, अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताए। 

छिमेकि बिधालय खैरहनी१२ गवै माविका प्रधानाध्यापक ऋिषि खनालले शिक्षक नियमित हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउन सुझाव दिनुभयो। कार्यक्रममा अभिभावक र सराेकारवाला गरि ४० जनाकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय