रत्ननगर । तामाङ समाज ल्होच्याङ गुठी समिति रत्ननगरको अध्यक्षमा सरस्वती लामा चयन भएकी छन् । रत्ननगरमा सम्पन्न सो समितिको २०औ साधरण सभा तथा पाँचौं अधिबेशनले लामाको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हरि तामाङ, सचिवमा हिरेन्द्र तामाङ र कोषाध्यक्षमा हिम बहादुर तामाङ चयन भएका छन् ।

१३ सदस्यीय समितिको सदस्यहरुमा गुणराज लामा, तीर्थबहादुर लामा, दिलबहादुर लामा, अर्जुन लामा, नरबहादुर लामा, परिमाया लामा, जीतबहादुर लामा, शुशीला लामा चयन भएका छन् । सो समुदायका ज्येष्ठ सदस्य घपन बहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि पारित भएको थियो ।

नेपाल तामाङ घेदुङ संघ रत्ननगरका उपाध्यक्ष शेरबहादुर लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सल्लहाकार राजकुमार लामा, निर्वतमान सचिव हरि लामा लगायतले मन्तव्य राखेका थिए । सो समितिको कार्यक्षेत्र रत्ननगर नगरपालिका वडा नं १, ४, ८, र ९ रहेको छ । नवनिर्वाचित अध्यक्ष लामाले समितिको कार्यक्षेत्र विस्तार गरि नगर भित्रका तामाङ समुदायलाई एकताबद्ध गर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय