
रत्ननगर । रत्ननगर- १० मा रहेकाे न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।
शुक्रवार विद्यालयमा सम्पन्न प्रतियाेगितामा न्यू स्पिडी आवासीय मा.वि प्रथम, पञ्चन्या विद्या मन्दिर द्वितिय, नर्थ पाेईन्ट एकाडेमी तृतीय र हिमालयन आवासीय मा.वि सान्त्वना भएकाे छ ।



प्रतियाेगितामा रत्ननगरका ८ वटा विद्यालयका कक्षा १ देखि ५ कक्षा सम्मका ४० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
न्यू स्पिडी आवासीय मा.वि १७५, पञ्चन्या विद्या मन्दिर १३५, नर्थ पाेईन्ट एकाडेमी १४०, हिमालयन आवासीय मा.वि १३०, शिक्षा विकास ईङ्गलिस बाेडिङ्ग स्कुल १२०, दिव्य ज्ञान एकेडेमी १०५, एकता शिशु निकेतन ९०, स्काइराइडर आवासीय मा.वि ८५ अंक प्राप्त गरेका हुन् ।
विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रत्ननगर नगरपालिकाकी शिक्षा शाखा अधिकृत सुमन सिल्वाल प्रमुख अतिथि रहेकी थिईन् ।
प्रतियाेगितामा सहभागि विद्यार्थीलाई विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पाेखरेल, प्याप्सन रत्ननगरका सचिव टियन अर्यालले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा शिक्षक झलक अधिकारी, प्रकाश काफ्ले, साैरभ अधिकारी, प्रदिप काप्री, शिक्षिका सुष्मा तामाङ, अनिता मैनाली, सुरक्षा बराल लगाएतकाे सहभागिता रहेकाे थियाे ।
विद्यालयका शिक्षक प्रकाश काफ्ले सञ्चालन गरेकाे कार्यक्रममा थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाेखरेलले स्वागत मन्तव्य राखेका थिए ।