
रत्ननगर । चितवन स्थति रत्ननगरमा शुक्रबारदेखि सुरु भएको पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सव आज युवा पुस्तामाझ लोकप्रिर्य यापर मिस्टर डी (सन्दिप बिष्ट) को विशेष प्रस्तुती रहने महोत्सवको व्यवस्थापकीय जिम्मेवारी लिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत बताए ।
आजै मिस्टर डी सहित सन्जना श्रेष्ठ, राजेन्द्र गुन्द्रुके, सबिता राना , मनोज गोर्खाली लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष महत बताए । उनले स्थानीय उत्पादनको प्रबर्धनसंगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्न महोत्सब आयोजना गरिएको बताए ।



मंसिर ७ गते शुक्रबार देखि सुरुभएको महोत्सब मंसिर १७ गते सम्म सञ्चालन हुनेछ । महोत्सबमा करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ , भने करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।