
रत्ननगर । चितवन जिल्ला अन्तरगत नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको आतिथ्यमा उपशाखा स्तरीय गोष्ठी चितवनको सौराहामा शुक्रबारबाट शुरु भएको छ । उक्त गोष्ठी रेडक्रसकर्मिहरुको क्षेमता बिकास होस भनेर आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री राममणी खनालले बताए ।
उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सभापति प्राध्यापक सुदर्शन प्रसाद नेपालले रेडक्रस नितान्त सेवामूलक सस्था रहेकोले यो सस्थाले बिपदमा परेका दिनदुखिहरुको सहयोग गर्दै आएको बताए ।



कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै बिशेष अतिथि तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति एवं केन्द्रीय सदस्य हरि प्रसाद पौडेलले रेडक्रस संस्थाले संसार भरी मानबिय बिपत्तिमा कृयाशिल हुँदै आएको र हामीहरु पनि मन बचन र कर्मले बिपतका समयमा राहत पुनःस्थापन खोज र उद्घार लाग्नु पर्ने उनले बताए ।
मंसिर २८ र २९ गते दुई दिन सम्म चल्ने कार्यशाला गोष्ठीमा रेडक्रस अभियानलाई कसरी जनमुखी बनाउन सकिन्छ , रक्तदानका लागि उत्प्रेरित गर्ने, बिपद ब्यबस्थापन कसरी गर्ने,स्थानीय तह संग कसरी समन्वय र सहकार्य गरेर अगाडी बढने , उपशाखा लाई ब्यबस्थापन संचालन र आर्थिक परिचालन जवाफदेहीता पार्दशिता लगाएतका गतिविधिका बिषयमा प्रतुती रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री खनालले बताए ।
उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा न ४का अध्यक्ष रामकुमार चौधरी ,वडा नम्बर ५ का वडाअध्यक्ष बालकृष्ण चापागाई, वडा न ६ का अध्यक्ष किरण चौधरी , भरतपुर अस्पतालका मेसु किष्ण प्रसाद पौडेल , रत्ननगर बकुलहर अस्पतालका मेसु मदन ज्ञयावली,वडा नम्बर ६का वडा अध्यष किरण महतो, वड नं ७ का अध्यक्ष सजना महतो त्यस्तै रत्ननगर नगरपालिका वडा नम्बर ८का वडा सदस्य विष्णु आचार्य, वडा नम्बर ६की वडा सदस्य केशरीमायासुनार विभिन्न संघ सस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
चितवनको सौराहामा संचालन सञ्चालन भएको गोष्ठीमा जिल्ला भरका ४१ उपशाखाबाट करिब १२० जना जना प्रतिनिधिहरुको सहभगी रहेको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए ।
उक्त गोष्ठीमा जिल्ला शाखा उपसभापति र्सिजना अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । भने बछौली उपशाखाका सभापति सुवास विडारीको अध्यक्षता र उपशाखा सचिब मनोज चौधरीले कार्यक्रम संचालन गरेका थिए ।