
खैरहनी, पुस । खैरहनी १० शान्तिबजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २८ औं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्याम नारायण फुयालले बार्षिक प्रगति ,निति तथा कार्यक्रम ,लेखा समिति संयोजक सुन्दर मैनालिले लेखा सुपरिवेक्षण प्रतिबेदन र लेखापाल गोपाल प्रसाद सापकोटाले आयब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए । सबै प्रतिबेदन साधारण सभाले पारित पनि गरेको छ ।
कार्यक्रममा २५ जना शेयर सदस्यलाई सम्मान गरिनुका साथै अत्याधिक दुध बिक्रि गर्ने किसान,गुणस्तरीय दूध बिक्रि गर्ने किसान,सेयर सदस्यका छोराछोरी मध्य एसईईमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको संस्थाका ब्यबस्थापक श्रीराम खनालले जानकारी दिए । सोही अवसरमा संस्थामा लामो समो समयसम्म ब्यबस्थापकको काम गरि सेवा निबृत भएका लिला बहादुर थपलियालाई सम्मान गरिएको थियो ।



संस्थाका अध्यक्ष श्याम नारायण फुयालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष बालकृष्ण उप्रेती ,केन्द्रिय सदस्य रामचन्द्र पाठक,खैरहनी ७ का वडा अध्यक्ष मनेजर महतो,राप्ती ८ का वडा अध्यक्ष पुर्ण आचार्य ,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर सिंह ओलि,सचिब कल्याण अधिकारी ,राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्र सडौला,संस्थाकि कोषाध्यक्ष सम्झना नेपालले मन्तव्य राखेका थिए ।