
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आयोजित तेस्रो खैरहनी महोत्सवको शुक्रबार आयव्यय सार्वजनिक गरिएको छ । खैरहनी उद्योग बाणिज्य संघले पौष ५ गते देखि १६ गते सम्म आयोजना गरेको उक्त महोत्सवको पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो ।
महोत्सवमा ३५ लाख ७० हजार ९९४ आम्दानी भएकोमा ३३ लाख ६९ हजार ६१० खर्च कटाएर २ लाख १ हजार ३८४ रुपैया नाफा भएको संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । विशेष गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएको आर्थिक मन्दी र त्यसले पारेको नकारात्मक असरलाई चिर्दै आशाको किरण जगाउन तथा उद्योग व्यापारको सम्भावनालाई जागृत गराई राष्ट्रलाई नै आर्थिक रुपमा टेवा पु¥याउन महोत्सवले बलियो सेतुको भूमिका खेलेको छ । यस पटक महोत्सवलाई केवल प्रदर्शनी र मनोरञ्जनमा मात्र सीमित नराखी व्यवसायिक सम्भावना र चुनौतीको खोज हुने गरी आयोजना गर्दै क्षेत्रगत विचार गोष्ठी, अन्तरक्रिया समेत गरिएको अध्यक्ष खनालले बताए ।



यसै वर्षदेखि पर्सा बजार र महोत्सव स्थललाई जोडने गरी पर्सा बजारमा फुड फेष्टिवलको कार्यक्रम थप गर्नुले पर्सा बजारको व्यापार व्यवसायको सामाथ्र्यलाई थप उजागर गरेको उनको भनाई छ । महोत्सवले स्वास्थ्यका लागि अत्यावश्यक मानिने महको प्रवर्धन, जैविक, प्राकृतिक, सामाजिक, सांस्कृतिक विविधताको उत्खनन्मा पनि परिणाममुखी भूमिका खेलेको भन्दै अध्यक्ष खनालले महोत्सवले कृषि उत्पादकत्व, पर्यटन, प्रवर्धन तथा अन्य व्यवसायिक उन्नयनमा जोड दिँदै देशभित्र सम्भावना नदेख्ने ठुलो युवा जमातलाई पनि देशभित्रै अथाह सम्भावनाको ज्योति प्रज्ज्वलित गरी बौद्दिक पलायन रोक्ने काममा भूमिका खेलेको बताए ।
संघका महासचिव विनोद अर्यालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा खैरहनी उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बलराम अर्याल, पूर्वअध्यक्ष गुणराज श्रेष्ठ, चन्द्रप्रसाद सापकोटा, दीपेन श्रेष्ठ, संघका बरिष्ट उपाध्यक्ष अर्जुन लम्साल लगायत पदाधिकारी र सदस्यहरुको उपस्तिथि रहेको थियो । महोत्सवको संरक्षणकमा खैरहनी नगरपालिका रहेको थियो ।