चितवन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले भोलि फागुन ११ गते सोमबार शैक्षिक मेला ‘एक्सपर्ट एज’ आयोजना गर्दै छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।
Efficient automated trading system with read more smart technology.
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा परेका छन् भने त्यसलाई मेटाउन यो मेला निकै फलदायी हुने एक्सपर्ट चितवनका अपरेसन म्यानेजर किरण पौडेलले बताए ।
मेलामा आउने विद्यार्थीका लागि हात खाली नजाने उपहार योजना पनि एक्सपर्टले अघि सारेको छ । मेलामा उपस्थित भएकै आधारमा हरेक विद्यार्थीले आइएलटिएस वा पिटिई पढ्न चाहेमा एघार सय एघार रुपैयाँ छुट पाउने छन् भने पिटिईका लागि ४ वटा मकटेस्ट निःशुल्क पाउने छन् । त्यस्तै आइएलटिएस परीक्षा शुल्कमा विशेष छुट पनि दिइने छ । त्यस्तै राइनो क्रुजसिपको टिकेट, क्याफेको डिस्काउन्ट भौचर, स्केटिङ टिकेट तथा एक्सपर्टको लोगो अङ्कित विभिन्न उपहार पनि दिइने एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।















