धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस आज त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार बस सडकबाट त्रीसुली नदि किनारमा खसेको थियो। दुर्घटनाको समयमा बसमा कम्तीमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

दुर्घटनापछि सुरक्षाकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी छ। घाइते यात्रुहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय