चितवन : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल झन् तातेको छ। यसैबीच, रेनु दाहालको पक्षमा पार्टी प्रवेशको लहर बढ्दो क्रममा देखिएको छ।

विकास र समृद्धिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी दाहाललाई समर्थन गर्दै नेपाली कांग्रेसका दुई युवा नेता नेपाली कम्युनिस्ट पार्टि ( नेकपा )  प्रवेश गरेका छन्। कांग्रेसका युवा नेता राजकुमार तामाङ र बुद्ध घिसिङले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका हुन्।

राजकुमार तामाङले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्दै लामो समय काम गरेको उल्लेख गरेका छन्। उनले आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दै अब नेकपा प्रवेश गरी रेनु दाहाललाई विजयी बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै वुद्धि घिसिङले पनि दाहालको नेतृत्व र विकासको दृष्टिकोणप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा सघाउने बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टी को ‘तारा’ चुनाव चिन्हमार्फत उम्मेदवारी दिएकी दाहालले भरतपुर विकास मोडललाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्यका साथ आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताएकी छन्। युवा पुस्ताको साथ र समर्थनले आफ्नो अभियान थप सशक्त बन्दै गएको उनको भनाइ छ।

चितवन–३ मा पछिल्लो समय देखिएको पार्टी प्रवेशको क्रमले चुनावी प्रतिस्पर्धा अझ रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय