चितवन – चितवनको कालिका नगरपालिकामा भएको मिना खरेलको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले घरदैलो अभियानलाई तिब्र बनाएकी छन् । सोही क्रममा (आज) मंगलबार कालिकामा भएको घरदैलो अभियानमा व्यापक संख्यामा जनसहभागिता देखिएको छ।
कालिकाको ८, ९, १० र ११ वडामा गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उर्लिदो जनसागरले अभियानलाई थप ऊर्जा दिएको थियो । घरदैलो अभियानमा उत्साहजन उपस्थितिले त्यहाको माहोल आमसभा गरेको भन्दा कम थिएन ।
समर्थकहरूले बिहानैदेखी लामो लाईनमा बसी बाजागाजा सहित नाचगान गरी हजारौंको संख्यामा सडकमै रुख चिन्हको रङ्गोली बनाएर मीना खरेललाई भव्य स्वागत गरेका थिए ।
यतीबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ।
खरेल आफ्ना एजेण्डा लिएर निरन्तर मतदाताको घरदैलोमा सकृय छन् । उनले चितवन २ का विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।
घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् ।
उम्मेदवार मिना कुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकि हुँ उनले भनिन्।
मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूति समेत गरेकी छु। खरेलले भनिन्। “जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु,” उनले भनिन्।














