काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिँदैछ।
निर्वाचन आयोग ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का ५७, नेपाली कांग्रेस का २०, नेकपा एमाले का १६, नेपाली कम्युनिष्ट पार्टी का ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।
प्रमाणपत्र वितरणपछि आयोगले आजै निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ।
उक्त प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६(१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।














