रत्ननगर, चैत १२ । चितवनकाे रत्ननगर नगरपालिका- १५ मा सुत्केरी महिलालाई कुखुराको भाले सहित पौष्टिक आहार वितरण गरिएको छ ।

वडा कार्यालयको बजेटबाट १५ जना सुत्केरी महिलालाई कुखुराको भाले, २ लिटर ताेरीकाे तेल, नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुङ तथा मुसुरूको दाल, चना, भटमास, मह तथा व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको हो ।

बिहीवार वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष आशिक तामाङले सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।

सो अबसरमा वडा अध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न पौष्टिक आहार वितरण गरिएको बताए ।

स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, ताेरीकाे तेल, नौनी घ्यूलगायत सामग्री खरिद गरी वितरण गरिएको जानकारी उनले दिए ।

आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षाका लागि हामीले विगत तीन बर्षदेखि पौष्टिक आहार वितरण गर्दै आएका छौं यो कार्य माधवपुरका सुनौलो भविश्य निर्माणको लागि गरेका हौं ।

सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी रहेको भन्दै वडा अध्यक्ष तामाङले पूर्वाधार निर्माण मात्र विकास नभइ नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

उनले माधवपुरवासीको सुख दु:खमा वडा कार्यालय सधैं साथमा रहेको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।

वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स–रे लगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले चालु आर्थिक वर्व २०८२/०८३ मा ३१ जना सुत्लाकेरी र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएकाे जानकारी दिईन् ।

कार्यक्रममा वडा सदस्य लिलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति थियो ।

स्वास्थ्य चाैकी व्यवस्थापन समिति उपाध्यक्ष रूकमाया परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय