माडी : माडी-१, बरुवा बजारमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २४८ जना बालबालिका सहित ७६१ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

सौराहास्थित ग्रीन सोसाइटी नेपालको आयोजना र माडी–१ वडा कार्यालयको सह-आयोजनामा शनिवार सम्पन्न सो शिविरमा माडीभरबाट सो उल्लेख्य सहभागिता रहेको हो ।

शिविरमा २४८ बालबालिका तथा ५१३ जना पुरुष महिला (युवादेखि ज्येष्ठ नागरिकसम्म)ले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक श्रीलाल परियारले जनाउनुभयो ।

यसबाहेक, न्यूरो सम्बन्धी स्वास्थ्य समस्या भेटिएका १४ र ९ महिना उमेरका दुई बालबालिकालाई थप (निःशुल्क) उपचारका लागि आयोजक संस्थाले भरतपुर लगेको वडाध्यक्ष अमित लामाले बताउनुभयो ।

शिविरमा सुगर तथा प्रेसरका बिरामीको परीक्षण, जनरल हेल्थ चेकअप, दन्तरोग, फिजियोथेरापी, बाल रोग, स्त्रीरोग, रक्त परीक्षण, दन्तमञ्जन र ब्रस वितरण, निःशुल्क औषधि वितरण, सेनिटरी प्याड वितरण, एक्स रे परीक्षण र बालबालिकाहरुका लागि लिटो वितरण समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय