चितवनको खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा सोही स्थानका करिब ५० वर्षीय सनिचरा दराई रहेका छन्।

प्रहरीका अनुसार दराई माछा मार्ने क्रममा खोलामा डुबेका थिए। घटनापछि स्थानीयवासीले खोजी गर्ने क्रममा उनको शव खोलामै फेला पारेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय