रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेदबारी दिएका छन् ।
रत्ननगर वडा नं ३ निवासी गिरी लामो समय देखि यातायात क्षेत्रमा क्रियाशिल छन् । रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्ष पदमा रहेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीले महासंघको जिल्ला नगर उद्योग बाणिज्य संघको खुल्ला तर्फबाट महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
महासंघको ६०औं बार्षिका साधारण सभा तथा महाधिवेशन चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ । गिरीले लगानी सुरक्षा, व्यवसायिक विकास र पर्यटन प्रर्वद्धनको विषयलाई चुनावी एजेण्डा बनाएका छन् ।
बागमती प्रदेशको प्रमुख पर्यटकीय केन्द्र चितवनमा पर्यटक भित्र्याउन निजी क्षेत्रको तर्फबाट भूमिका खेल्ने र सौराहाको पर्यटनलाई फराकिलो बनाउन तीनै तहका सरकारसंग सहकार्य गरेर अगाडि बढ्ने गिरीले बताए । म निर्वाचित भएपछि चुप लागेर बस्दिन उनले भने लगानी सुरक्षा र पर्यटन विकासको कामलाई जोडतोडका साथ अगाडि बढाउने छु । महासंघमा आफु रहदा विदेशी पर्यटक नेपाल भित्र्याउन र गन्तव्यको विकासका लागि भूमिका खेल्ने उनले बताए ।
रत्ननगर उद्योग बाणिज्य संघले व्यवसायिक विकाससंगै उद्यमशिलता विकासको कामलाई अगाडि बढाउदै आएको छ । घरमै सिमित महिलाहरुलाई सीप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन संघ मार्फत भूमिका खेलेका गिरीले महासंघमा पुगेर यसको दायर अझै फराकिलो बनाउने योजना बनाएको बताए ।
रत्ननगर उबासंघले गरिरहेको कामलाई महासंघसंग जोड्ने छु उनले भने उद्यमशिलता मार्फत युवा तथा महिलाहरुलाई उद्यमी बनाउन लागि रहनेछु । साना तथा घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरणमा भूमिका भूमिका खेलिरहेका महिला उद्यमीहरुलाई थप अबसर प्रदान गर्ने उनको भनाई छ ।














