काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीया ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेको छ।

ठाकुरको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोक कुमार चौधरी समर्थक रहेका छन्।

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती तामाङले पनि उम्मेदवारी दर्ता गराएकी छन्। तामाङको प्रस्तावकमा राप्रपा नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकहरूमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन्।

उपसभामुख चयनका लागि दुवै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय