चितवन । जिल्ला समन्वय समिति चितवनको आयोजनामा कालिका नगरपालिकामा लेखा समिति सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गत बुधबार कालिका नगरपालिकामा आयोजना सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय अधिकारी तथा चितवन जिल्लाको बेरूजु सम्परिक्षण तथा फर्छौट समितिका संयोजक हरि प्रसाद शर्माले गरेका थिए। विशेष अतिथिका रूपमा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो।

कालिका नगरपालिकाको लेखा समितिको संयोजक टीकाराम रेग्मी, सदस्यहरू विरेन्द्र तामाङ र शान्ति महतो सहभागी रहनुभएको उक्त कार्यक्रममा शाखा अधिकृत नवेशराज हमालले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए। साथै, वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले लेखा समितिको काम, बेरूजु फर्छौट प्रगति र कालिका नगरपालिकाको असल अभ्यासका बारेमा जानकारी गराएका थिए।

संयोजक टीकाराम रेग्मीले कालिका नगरपालिकामा लेखा समितिले हालसम्म गरेका गतिविधिहरूबारे जानकारी गराउँदै आगामी योजनाहरू पनि प्रस्तुत गरे। कार्यक्रममा विमला तामाङ र देवराज चौलागाईंले अन्य समसामयिक विषयवस्तुमा धारणा राखेका थिए।

कालिका नगरपालिकाले हालसम्म २० करोडको बेरूजु फर्छौट गर्दै हाल कुल ४ करोड ३३ लाख ४४ हजार मात्र बेरूजु कायम राख्न सफल भएको छ। लेखा समितिको सक्रियता र नगरपालिकाको वित्तीय व्यवस्थापन सुधारप्रति अध्यक्ष हरि प्रसाद शर्माले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।

कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम बेरूजु कायम गर्न सफल पालिका बनेको छ। साथै, यो पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शीर्ष १० पालिकामा सूचीकृत भएको उल्लेख गरिएको छ। सो कार्यक्रम सञ्चालन रेशम रेग्मीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय