गैंडाकोट। नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा लक्ष्मण भण्डारी चयन हुनुभएको छ। परिषद्को केन्द्रीय भेलाले भण्डारीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो।

गुह्येश्वरी मावि सिनामंगल काठमाडौंमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा देवि प्रसाद सुवेदी, सचिवमा अमर आले मगर, कोषाध्यक्षमा यमराज सुवेदी, सदस्यहरुमा सुजल गिरी, दिपन प्रसाद भण्डारी, सुनिता ज्ञवाली, गीता पौडेल र कुल प्रसाद भण्डारीलाई चयन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बञ्जराले नयाँ कार्यसमितिलाई बधाई दिदै ज्योतिष क्षेत्रमा रहेको विकृति र विसङ्गतिलाई हटाएर ज्योतिष पेशालाई मर्यादित बनाइ काम गर्ने वातावरण सिर्जना गर्न अनुरोध समेत गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष भण्डारीले कृष्ण मुर्ति ज्योतिष को महत्व र अन्य ज्योतिष बीचको फरक बारे बताउदै कार्यक्रम मा उपस्थित व्यक्तिहरूको विभिन्न जिज्ञाशा लाई समेत मेटाउने प्रयास गर्नुभएको थियो। कृष्णमूर्ति ९केपी० ज्योतिष प्रणालीमा सूक्ष्म तरिकाले व्यक्तिको भविष्य अध्ययन गरिने र भविष्य सामान्य ग्रहबाट नभई नक्षत्र र उप नक्षत्रबाट भविष्यवाणी गरिने बताउदै सबै ज्योतिषहरुलाई ज्योतिष पेशालाई मर्यादित बनाउदै अगाडि बढ्न आग्रहसमेत गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय