Spread the love

चितवन । भरतपुर महानगरपालिकामा शुक्रबार बसेको बैठकले महानगर क्षेत्रभित्र जथाभावी टाँगिएका तारहरू व्यवस्थापन गर्ने कडा निर्णय गरेको छ। बैठकमा कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले इन्टरनेट सेवा प्रदायक (ISP) हरूलाई आगामी जेठ १ गतेभित्र सबै अव्यवस्थित तारहरू व्यवस्थित गर्न निर्देशन दिनुभएको हो।


महानगरभित्र अव्यवस्थित रूपमा फैलिएका तारहरूले शहरको सौन्दर्यमा नकारात्मक असर पार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको भन्दै यस्तो कदम चालिएको जनाइएको छ।


महानगरपालिकाले तोकिएको समयसीमाभित्र तार व्यवस्थापन नगर्ने सेवा प्रदायकहरूमाथि आवश्यक कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय