Spread the love

उदयपुर, ८ वैशाख । चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको भीषण आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका छन्। आगलागीमा परेर अस्मिता खड्का घाइते भएकी छन्। उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आज बिहान करिब पौने ३ बजेतिर लक्ष्मीनारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेर नष्ट भएको छ। घटना हुँदा उनीहरू सबै सुतिरहेको अवस्थामा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सुतिरहेको अवस्थामै आगलागीमा परेर लक्ष्मीनारायण र पवन खड्काको ज्यान गएको हो।

आगलागी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाचौदण्डिगढी नगरपालिका का दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोली खटिएको थियो। उनीहरूको प्रयासपछि मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय