रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ का एकल महिलाहरुलाई जीवन जीउने कला सम्बन्धी प्रशिक्षण दिइएको छ ।
वडा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा ७० जना एकल महिलाहरु सहभागी भएका छन् । वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले तनाब व्यवस्थावपन, व्यायम सहित खुसी जीवनका लागि मान्छेले अबलम्बन गर्नुपर्ने कुराहरु सिकाउन कार्यक्रम आयोजना गरिएको बताए ।
व्यक्तिगत जीवनमा आइपर्ने नैरस्यताको अन्त्य गर्दै जीवनलाई खुसीमय बनाउने कला सिकाइएको उनको भनाई छ । जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरीले मानिसले उदासीपनले हटाउन सके जीवनलाई सार्थकता बनाउन सकिने बताइन् ।
कार्यक्रममा प्रशिक्षकहरु पवनकुमार नेपाल र गीता अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य शष्मा खड्काथोकी, कमानसिंह चौधरी, लेखबहादुर तामाङ, वडा स्तरीय एकल महिला समन्वय समितिकी उपाध्यक्ष सम्झना कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बेडरक रिर्सोटमा गरिएको थियो ।















