काठमाडौँ । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको निर्देशनमा परिषद् सचिवालयले बैठक बोलाएको हो ।
सचिवालयका अनुसार बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानूनमन्त्री सोविता गौतम, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनेछन् ।
















