Spread the love

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना तीन प्रमुख भातृ संगठनमा नयाँ नेतृत्व चयन गरेको छ । पार्टी सभापति गगन थापा ले केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार नयाँ अध्यक्षहरू नियुक्त गरेका हुन् ।

निर्णयअनुसार करुणा कटुवाल लाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै मनिष कोइराला नेपाल तरुण दलको अध्यक्ष बनेका छन् भने मीना खरेल लाई नेपाल महिला संघको नेतृत्व सुम्पिएको छ । पार्टीले उनीहरूलाई संगठनको महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारीसहित नेतृत्वमा ल्याएको जनाएको छ । नयाँ नेतृत्व चयनसँगै कांग्रेसले भातृ संगठनहरूलाई सक्रिय र व्यवस्थित बनाउने तयारी थालेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर