रत्ननगर । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका छन् ।

सो अबसरमा मेयर सापकोटाले खेलकुदको विकासको लागि स्थानीय सरकारको चासो र लगानी उत्तिकै रहेको भन्दै खेलकुदले समाजलाई सही मार्गमा डो¥याउने बताए । खेदकुद पर्यटन विकासको महत्वपूर्ण आधारशिला रहेको भन्दै खेलकुदको विकास र प्रर्वद्धनको लागि व्यवसायी समेत जागरुक हुनुपर्ने बताए । उनले रत्ननगरमा बाताबरणमैत्री रंगशाला बनाउने योजना रहेको बताए । उपमेयर यादव प्रसाद पाठकले रत्ननगर नगरपालिकाले बार्षिक रुपमा लाखौं रकम खेल क्षेत्रमा लगानी गर्दा पनि प्रतिफल नदेखिएको बताए । जिल्ला फुटबल संघ चितवनका अध्यक्ष श्रीकृष्ण कार्कीले रत्ननगरमा आयोजना गरेको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले जिल्लाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

रत्ननगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले मेयर कपको विकल्पमा स्थानीय सरकारले राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा आयोजक युवा तथा खेलकुद विकास समिति विजयी भएको छ । समाज कल्याण खेलकुद केन्द्र काठमाडौंलाई ४—२ गोल अन्तरले पराजित गर्दै आयोजक टिम विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने, रत्ननगरको खेलकुदको विकास गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सरोज चौधरीले जानकारी दिए । प्रतियोगितामा आयोजक टिम सहित कटारी टाइगर फुटबल क्लव उदयपुर, एपीएफ काठमाडौं, भरतपुर फुटबल क्लव, देवदह क्वाईज रुपन्देही, मकवानपुर जिल्ला फुटबल संघ, समाज कल्याण खेलकुद संघ काठमाडौं, अभिषेक चर्ज रजहरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेलसंयोजक संजय लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले २ लाख रुपैया तथा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । म्यानअफ दी म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड र उत्कृष्ट कोचलाई जनही १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने खेल उपसंयोजक सुरेश चौधरीले जानकारी दिए ।

संरक्षक रत्ननगर नगरपालिका संरक्षक र प्रदेश खेलकुद विकास परिषद् प्रर्बधक रहेको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए । आइतबार अभिषेक चर्ज रजहर र भरतपुर फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय