नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट शनिबार बिहान सुतिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरी स्रोतले जनाएको छ।
पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।















