चितवन । भरतपुर महानगरपालिका–२५ का १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
भरतपुरमा आयोजित एक कार्यक्रममा नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहाल ले फुलमाला र अबिरसहित स्वागत गरिन्। विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा नेकपा प्रवेश गरेका हुन्।
Efficient automated trading system read more with smart technology.
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन्। उनले भरतपुरमा लागू गरिएको विकास मोडललाई समग्र चितवन विकास मोडलका रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“भरतपुरको विकास अनुभवलाई चितवनका सबै क्षेत्रमा विस्तार गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्, “जनताको विश्वास र साथले मात्र समृद्ध चितवन निर्माण सम्भव छ।”
नवप्रवेशी कार्यकर्ताहरूले ‘रेनु जिताउ अभियान’ मा सक्रिय रूपमा सहभागी भई भरतपुरको विकास अनुभवलाई चितवनभर विस्तार गर्न साथ दिने बताएका छन्। उनीहरूले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सहरी व्यवस्थापन क्षेत्रमा देखिएको सुधारलाई निरन्तरता दिन नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।















