Spread the love

धनुषा । धनुषा जिल्लामा जारी कर्फ्युलाई शुक्रबार बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्युमा आंशिक छुट दिएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिदका लागि उक्त अवधिमा आवतजावत गर्न अनुमति दिइएको हो।

प्रशासनले बिहान ८ बजेसम्म आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि पुनः कर्फ्युको पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु अवधिभर स्वास्थ्य सेवा, एम्बुलेन्स, सुरक्षा निकायलगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्। साथै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका प्रतिनिधि, तीर्थयात्री, बिरामी तथा विमानस्थल आवतजावत गर्ने यात्रुले परिचयपत्रका आधारमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय