Spread the love

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालय बन्द गर्न निर्देशन दिएको छ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालन गरिएका संस्थालाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार केही संस्थाले नियमित कार्यालय सञ्चालन नगरी भिसा प्रक्रिया र जागिर ग्यारेन्टी जस्ता भ्रमक सेवा दिँदै आएको गुनासो प्राप्त भएको थियो। सूचनामा तोकिएको समयभित्र बन्द नगरे वा अनुमति नलिई सञ्चालन जारी राखेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय