Spread the love

ललितपुर । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ग्राहकको बढ्दो संख्या र सेवाको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले नयाँ शाखा विस्तार गरेको हो।

इमाडोलस्थित राता मकै चोकमा रहेको नयाँ शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ। नयाँ शाखाबाट इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी र ग्राहक सहायता सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीयस्तरमै उपलब्ध हुनेछन्।

यससँगै इमाडोल तथा आसपासका क्षेत्रका ग्राहकले आवश्यक सेवा लिन टाढा जानुपर्ने बाध्यता हट्नुका साथै प्राविधिक समस्या समाधान तथा मर्मतसम्भार सेवा समेत छिटो र सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

शाखा विस्तारबारे भायानेटको कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले इमाडोलवासीसँग लामो समयदेखि जोडिएर सेवा दिँदै आएको बताउँदै नयाँ शाखाबाट प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले ग्राहकले पहिलेभन्दा छिटो र प्रभावकारी सेवा पाउने बताउनुभयो।

उहाँका अनुसार नयाँ शाखाको विस्तारले इमाडोल क्षेत्रका ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

पछिल्लो समय शिक्षा, रोजगारी, व्यवसाय, डिजिटल भुक्तानी तथा मनोरञ्जनलगायत दैनिक जीवनका अधिकांश गतिविधि इन्टरनेटमा निर्भर हुँदै गएकाले भरपर्दो र उच्च गतिको इन्टरनेट आवश्यक बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै भायानेटले ग्राहकलाई निर्बाध र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार नयाँ शाखाको स्थापनाले स्थानीयस्तरमा ग्राहक सेवाको पहुँच विस्तार हुनुका साथै ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय