Spread the love

चितवन, रत्ननगर — मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी रेडियो श्रोता कार्यक्रम पाँचौं एपिसोड पूरा गर्दै सम्पन्न भएको छ।

पिठुवा स्वास्थ्य चौकीका प्रमुख श्याम शर्माका अनुसार आज सोमबार  सम्पन्न उक्त कार्यक्रममा दोबाटो टोल आमा समूहका १५ जना दिदीबहिनीहरू सहभागी भई मानसिक सुस्वास्थ्यका विषयमा जानकारी लिएका थिए। कार्यक्रममा सहभागी महिलाहरू आगामी दिनमा समुदायमै मानसिक स्वास्थ्य सेवा प्रवाहमा सक्रिय हुने अपेक्षा गरिएको छ।


कार्यक्रम समापन समारोहमा रत्ननगर नगरपालिका–१६ का वडा अध्यक्ष हेमराज थापाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, महिला स्वास्थ्य स्वयंसेविका अनुराधा सुवेदी तथा सामाजिक परिचालकहरू मुना कोइराला र सम्झना घिमिरेको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण  NIOMH संस्थाले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय