Spread the love

रत्ननगर, चैत १६ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा चितवनका सात पालिकामध्ये रत्ननगर नगरपालिका प्रथम भएको छ।

आयोगका अनुसार रत्ननगरले ७६.२२ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। इच्छाकामना गाउँपालिका ७४.३२ अंकसहित दोस्रो र भरतपुर महानगरपालिका ६८.०२ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

अन्य पालिकामध्ये माडी नगरपालिका ६७.१०, खैरहनी नगरपालिका ६५.०९, कालिका नगरपालिका ६४.५० र राप्ती नगरपालिका ३६.२० अंकसहित क्रमशः पछि परेका छन्।

आयोगले प्रशासनिक, वित्तीय र सामाजिक क्षेत्रका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो। बजेट तर्जुमा, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, ‘सूत्र’ प्रणालीको प्रयोग, शिक्षा र स्वास्थ्य सूचकहरू लगायतका विषय समेटिएका थिए।

रत्ननगर नगरपालिका प्रथम बनेपछि नगर प्रमुख प्रलाद सापकोटाले यसलाई नगरवासीको साथ, कर्मचारीको मेहनत र निरन्तर प्रयासको परिणाम भएको बताएका छन्। नगर प्रमुख सापकोटाले  पारदर्शिता, वित्तीय अनुशासन र सेवा प्रवाहमा सुधार गर्दै रत्ननगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय