Spread the love

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

रिजालमाथि गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोप लागेको छ । सो समय उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका थिए ।

जेनजी आन्दोलनमा बल प्रयोग भएको विषयमा चौतर्फी आलोचना भएपछि उनी एक महिनाभित्रै पदबाट बाहिरिएका थिए । उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे ।

यसै प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित संलग्न व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको सोही सिफारिसका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

यसअघि नै उक्त घटनासँग सम्बन्धित आरोपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय