Spread the love

चितवन, चैत २५ — चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा सञ्चालनमा रहेका केही स्पा सेन्टरमा प्रहरीले छापा मारेको छ।

बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव निरीक्षक जहरलाल स्याङतनको कमान्डमा खटिएको १० जनाको टोलीले एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती स्पा तथा मसाज सेन्टरहरू अनुमतिबिना (दर्ता नगरी) सञ्चालन गरिएको, कोठामा क्यूआर कोड राखिएको तथा अवैध गतिविधि सञ्चालन भइरहेको पाइएको छ।

प्रहरीले नमस्ते किङ स्पा, कान्तिपुर स्पा, मुनस्टार हेल्थ केयर एण्ड स्पा, गुड हेल्थ स्पा र हेप्पी हेल्थ स्पामा छापा मारेको जनाएको छ।

छापा मार्ने क्रममा सञ्चालक, ग्राहक तथा स्टाफ गरी जम्मा ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय