काठमाडौँ — प्रतिनिधि सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने बैठकले नयाँ उपसभामुख चयन गर्ने कार्यसूची तय गरेको छ।
उपसभामुख पदका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ताको समयभित्र यी दुई जनाको मात्र उम्मेदवारी परेको हो।
रुवीकुमारी ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी र अम्बिकादेवी निरौला रहेका छन्।
यता, सरस्वती लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही रहेका छन् भने समर्थकमा खुश्बु ओली, ताहिर अलि र भरत गिरी छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत (१८२ मत) रहेकाले उसले समर्थन गरेमा रुवीकुमारी ठाकुरको जित लगभग निश्चित देखिएको छ।















