Spread the love

चितवनको रत्ननगर नगरपालिका वडा नं ५ स्थित नगर स्वास्थ्य केन्द्र टरौलीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविर भरतपुर आँखा अस्पताल र नगर स्वास्थ्य केन्द्र टरौलीको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल रहेका थिए भने विशिष्ट अतिथिमा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, लेखा अधिकृत प्रदीप पौडेल र वडा सचिव दिनेश सुवेदी सहभागी थिए। शिविर वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईको अध्यक्षतामा सम्पन्न भएको थियो।

शिविरमा कुल २४३ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये १४३ जना महिला र १०० जना पुरुष रहेका छन्। परीक्षणका क्रममा १४ जनामा मोतियाबिन्दु पहिचान भएको नगर स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द शर्माले जानकारी दिए। उनका अनुसार ती बिरामीहरूलाई निःशुल्क शल्यक्रियाका लागि भरतपुर पठाइएको छ।

शिविरमा भरतपुर आँखा अस्पताल का विशेषज्ञ डाक्टरहरूको टोलीले सेवा प्रदान गरेको थियो भने वडाका स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय