Spread the love

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको चट्याङ लागेर मृत्यु भएको हो ।

यसैगरी, सोही घटनामा घाइते भएका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय