Spread the love

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयअन्तर्गत दुरुपयोग भइरहेका सरकारी सवारी साधनहरू मन्त्रालयमा फिर्ता ल्याउन थालिएको छ।

मन्त्री निशा मेहताले विभिन्न बहानामा नियमविपरीत प्रयोग भइरहेका सवारी साधन तत्काल मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि उक्त प्रक्रिया सुरु गरिएको हो।

मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत सरकारी गाडी प्रयोग गर्दै आएको सूचना प्राप्त भएपछि मन्त्री मेहताले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि दुरुपयोगमा रहेका गाडीहरू फिर्ता ल्याएर मन्त्रालय परिसरमा राखिएको छ।

फिर्ता गरिएका सवारी साधन अब आवश्यकताको आधारमा कानुनबमोजिम मात्रै प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

कानुनअनुसार सहसचिव वा सोभन्दा माथिका पदाधिकारीलाई मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने सुविधा रहेको व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय