भदौ २८ गते । खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनियाले जेनजि आन्दोलनका क्रममा ध्वस्त बनाईएका संरचना छिट्टै पुर्ननिर्माण गरिने बताएका छन् ।
आगजनी भएको नगरपालिका कार्यालय भवनको निरीक्षण गर्दै मेयर खनियाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु केही महिना भित्रै निर्माण सम्पन्न गरिने बताएका हुन् । अब हामीलाई झोक्राएर बस्ने छुट छैन ,मेयर खनियाले भने- यतिबेला नमिलेको मनहरु छन भने पनि मिलाउ,मिल्ने सम्मको सेवा दिउ ,नियम कानुन नंया कुरा हुँदै जान्छन । उनले हातेमालो गरि पुर्ननिर्माणमा जुट्न आग्रह गरेका छन् ।
खरानीलाई टक्टकाएर पिडा बाट उठ्नु पर्ने भन्दै मेयर खनियाले नगरपालिका प्रति र आफू प्रति चासो व्यक्त गर्नेहरुलाई धन्यवाद दिएका छन् । जेनजीहरुको आन्दोलनका क्रममा खैरहनी नगरपालिकाको कार्यालय भवन,यहाँका १३ ओटै वडा कार्यालय भवन,मेयर खनिया ,उपमेयर कविता उप्रेतीको घर ,नेताहरुको घर,पाटी कार्यालयहरु ,सरकारी कार्यालयहरु तोडफोड र आगजनी गरिएको थियो । आगजनीबाट नगरपालिकाको भवन ध्वस्त भएको छ । तत्काल यहाँ बसेर काम गर्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय