काठमाडौं, भदाै २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

गत शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गर्न लागेकी हुन् ।

पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ ।

प्रधानमन्त्री कार्कीको स्वागतका लागि उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले आज साँझसम्ममा सानो मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय