Spread the love

खैरहनी, साउन १९ – खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले इलाका प्रहरी कार्यालय, खैरहनी परिसरस्थित मन्दिरका लागि मूर्ति प्रदान गर्नुभएको छ। एक अनौपचारिक कार्यक्रममा उपमेयर उप्रेतीले उक्त मूर्ति इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तलाई हस्तान्तरण गर्नुभयो।

उपमेयर उप्रेतीले दिवंगत आफ्नी छोरीको सम्झनामा व्यक्तिगत रूपमा उक्त मूर्ति प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार मूर्तिको मूल्य करिब रु. ६४ हजार बराबर रहेको छ।

मूर्ति हस्तान्तरण कार्यक्रममा खैरहनी नगरपालिका–४ का वडा अध्यक्ष बेदबहादुर अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदी तथा वडा नं. ६ का वडा अध्यक्ष कमलप्रसाद न्यौपानेको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय