Spread the love

रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा ‘पुस्तकालय नीति निर्माणमा हाम्रो भूमिका’ विषयक कार्यशाला सम्पन्न भएको छ ।
झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ५ का अध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यशालामा नेपाल सामुदायिक पुस्तकालय संघ तथा झुवानी सामुदायिक पुस्तकालयका निवर्तमान अध्यक्ष केशवराज अधिकारी, सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, रत्नमान–टेकबहादुर–दिव्यज्योती सामुदायिक पुस्तकालयका अध्यक्ष सूर्य बोगटी, सिर्जनशील सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मिनप्रसाद सापकोटा, केभा पुस्तकालयका लाइब्रेरियन सन्तोष बस्याल तथा झुवानी सामुदायिक पुस्तकालयका निवर्तमान कोषाध्यक्ष रामप्रसाद सापकोटाले पुस्तकालय नीति मस्यौदा २०८३ माथि सुझाव तथा धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयको नीति निर्माणमा सामुदायिक पुस्तकालयको भूमिका, आवश्यकता तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । सहभागीहरूले पुस्तकालयको सेवा विस्तार, व्यवस्थापन तथा दिगो विकासका लागि नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका उपाध्यक्ष शेषप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका लाइब्रेरियन छन्नुराम महतोले गर्नुभएको थियो ।
कार्यशालामा चितवन जिल्लाका विभिन्न सामुदायिक पुस्तकालयका नेतृत्व तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय