चितवन, रत्ननगर — रत्ननगर कला मन्दिरको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा आयोजित महिला १००० मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
दौडमा पुष्पा रजक प्रथम, दिना सुनार द्वितीय तथा पुनम थापा मगर तृतीय भएका छन्। त्यसैगरी एलिना नेपाली चौथो, आयुष्मा महतो पाँचौँ र सुविक्षा महतो छैटौँ स्थान हासिल गर्न सफल भए। ज्येष्ठ सदस्यतर्फ लक्ष्मी तिमल्सिनालाई सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै वडा नं. ९ का वडाध्यक्ष अनन्त अधिकारीले यस्ता खेलकुद तथा दौड प्रतियोगिताले स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए।
उक्त कार्यक्रममा रत्नप्रिय क्लबका अध्यक्ष तथा समाजसेवी बसन्त राना, महिला उद्यमी रत्ननगरकी अध्यक्ष गीता सिम्खडा लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विजयी सहभागीहरूलाई यही वैशाख ११ गते आयोजना हुने रजत जयन्ती समारोह तथा “रत्ननगर रङ्गीन साँझ” कार्यक्रममा पुरस्कार वितरण गरिने रत्ननगर कला मन्दिरका अध्यक्ष राम रिमालले जानकारी दिएका छन्।















